समाजवाद भारतमा भन्दा नेपालमा एक कदम अगाडि छ : प्रा.आनन्दकुमार

हिमाल प्रेस २५ भदौ २०८० १५:०० | Monday, September 11, 2023
समाजवाद भारतमा भन्दा नेपालमा एक कदम अगाडि छ : प्रा.आनन्दकुमार प्रा. आनन्द कुमार।

काठमाडौँ- जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का प्राध्यापक आनन्द कुमारले समाजवादी नेता बीपी कोइरालाले जीवनभर सामन्तवादविरुद्ध लडेको बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी नगरमा जारी ‘बीपी साहित्य सम्मेलन-२०८०’को दोस्रो दिन मार्क्स, गान्धी एन्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्दै बीपीले पुँजीवादविरुद्ध डण्डा चलाएको बताएका हुन्।

उनले पुँजीवाद असफल भएपछि सामन्तवाद बच्न सकेको भन्दै कम्युनिस्टहरुले पुँजीवादमा पार्टी सञ्चालन गरिरहेको बताए। ‘लोकतान्त्रिक समाजवादमा मात्र समानता मिल्न सक्छ। जसले गर्दा समाजवाद भारतमा भन्दा नेपाल एक कदम अगाडि छ’, प्रा.आनन्द कुमारले भने।

जातिविहीन समाज समाजवादमा मात्र सम्भव हुने उनको भनाइ छ। प्राध्यापक कुमारले उदाहरणका लागि प्रदीप गिरीको आश्रममा देखेको भन्दै उनले घरमा भान्से दलित समुदायको व्यक्ति राखेर देखाएको बताए।

उनले राजनीतिमा दू्रत एक्सन र धैर्य दुवै बीपीमा रहेको बताए। कार्यक्रमको शंकर तिवारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: २५ भदौ २०८० १५:०० | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast