‘सडक व्यापार व्यवस्थापनका लागि महानगरलाई दबाब दिन मिल्दैन’

हिमाल प्रेस ९ असोज २०८० १४:१२ | Tuesday, September 26, 2023
‘सडक व्यापार व्यवस्थापनका लागि महानगरलाई दबाब दिन मिल्दैन’

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छन्। काठमाडौँमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा उनले यो समस्याको दिगो समाधान हुने गरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रह गरिन्। यो समस्या देशभरका सबै सहरमा भएको भन्दै उनले संघीय सरकारले दिगो समाधान दिने गरी नीति बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिइन्।

सो समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकालाई दबाब दिने काम नगर्न उनले अनुरोध गरिन्। महानगरलाई कसैको दबाबभन्दा पनि सुझाव आवश्यक रहेको उनको भनाइ थियो।

उपमेयर डंगोलले काठमाडौँ महानगरपालिका आफ्नो नीति र कार्यक्रमानुसार अघि बढिरहेको बताइन्। संघीय सरकारले आवश्यक नीति, कार्यक्रम बनाएर देशभरकै सडक व्यापारीको समस्या समाधान गर्नुपर्ने उनले उल्लेख गरिन्।

प्रकाशित: ९ असोज २०८० १४:१२ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast