संसद्ले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख

हिमाल प्रेस २६ भदौ २०८० ८:२६ | Tuesday, September 12, 2023
संसद्ले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख सभामुख देवराज घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन्।

संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक वक्तव्य जारी गर्दै घिमिरेले यस्तो बताएका हुन्।

‘उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु’, उनको वक्तव्यमा भनिएको छ।

यस दुःखको घडीमा घिमिरेले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो।

प्रकाशित: २६ भदौ २०८० ८:२६ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast