काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तृतीय श्रेणी शिक्षक पदको अर्थशास्त्र, शिक्षा, स्वास्थ्य, संस्कृत भाषा, कम्प्युटर विज्ञान विषयको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आयोगले सोमबार सातै प्रदेशको नतिजा प्रकाशित गरेको हो। उक्त परीक्षा २०७९ चैत १८ गते र २०८० असार ९ गते लिइएको थियो। आयोगले लिखित परीक्षामा सफल उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी हुन सूचित गरेको छ।
अन्तर्वार्ता भने असोज १७ गते शिक्षक सेवा आयोग सानो ठिमीमा हुनेछ।
                            प्रकाशित: १८ भदौ  २०८० २०:२८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

