शिक्षक आन्दोलनले सडक जाम भएपछि एकीकृत समाजवादीको बैठक स्थगित

हिमाल प्रेस ४ असोज २०८० १२:२७ | Thursday, September 21, 2023
शिक्षक आन्दोलनले सडक जाम भएपछि एकीकृत समाजवादीको बैठक स्थगित फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ।

संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले गरेको आन्दोलनका कारण बैठक स्थगित भएको एकीकृत समाजवादीले जनाएको छ।

शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन गरेपछि समयमा सदस्य आउन समस्या भएकोले बैठक स्थगित गर्नुपरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘१४ असोजदेखि हाम्रो राष्ट्रिय अभियान छ । यसैको तयारीको लागि बैठक डाकिएको थियो । तर शिक्षकको आन्दोलनले जाम हुँदा सचिवालय सदस्यहरू समयमा आउने स्थिति नै भएन’ खतिवडाले भने, ‘यसैले बैठक स्थगित गरेका हौं ।’

प्रकाशित: ४ असोज २०८० १२:२७ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast