शिक्षकहरूको मर्यादाक्रम र ग्रेड समायोजनको प्रक्रिया सुरु

हिमाल प्रेस ८ असोज २०८० २०:३२ | Monday, September 25, 2023
शिक्षकहरूको मर्यादाक्रम र ग्रेड समायोजनको प्रक्रिया सुरु

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको ग्रेड समायोजन र मर्यादाक्रमको प्रक्रिया सुरु गरेको छ। शिक्षा मन्त्रालयले आज (सोमबार) गृह मन्त्रालयलाई मर्यादाक्रम र अर्थ मन्त्रालयलाई ग्रेड सम्बन्धमा पत्र लेख्दै प्रक्रिया सुरु गरेको हो।

असोज ५ गते नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच सो विषयमा सम्झौता भएको थियो। सम्झौताअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको थियो। सोहीअनुसार आज मन्त्रीस्तरीय निर्णयले मर्यादाक्रम कायम गर्नका लागि गृह मन्त्रालयलाई अनुरोध गरेको हो।

यस्तै अर्थ मन्त्रालयलाई पनि शिक्षा मन्त्रालयले पत्र लेख्दै विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्या ग्रेड उपलब्ध गराउन अनुरोध गरेको छ।

संघीय संसद् सचिवालयमा ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’दर्ता भएपछि शिक्षकहरू आन्दोलित भएका थिए। नेपाल शिक्षक महासंघले १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको थियो। सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो।

प्रकाशित: ८ असोज २०८० २०:३२ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast