 
                             
                                            काठमाडौँ- स्मार्ट फोन ब्राण्ड शाओमीले ‘स्योर–शट सेप्टेम्बर मेला’ अफर सुरु गरेको छ। शुक्रबारदेखि सुरु अफरअन्तर्गत ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोन खरिद गर्दा रेडमी इयरफोनहरू निःशुल्क पाउने कम्पनीले जानकारी दिएको छ।
अफरमार्फत ग्राहकलाई प्राविधिक आनन्द दिन चाहेको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, मनु मनस्वीको भनाइ छ। ‘हामी हाम्रा ग्राहकहरूले यस सेप्टेम्बरमा शाओमीको ’स्योर(सटसेप्टेम्बर मेला’मार्फत प्राविधिक आनन्दको अनुभव गर्नुहोस् भन्ने चाहन्छौँ,’ उनको भनाइ छ।
अफरअन्तर्गत रेडमी ए२ र ए२+ को खरिद गर्दा ग्राहकले रेडमी इयरफोन निःशुल्क पाउने उनको भनाइ छ। त्यसैगरी रेड्मी १२सि को खरिद गर्ने ग्राहकले निःशुल्क रेड्मी सोनिक बेस ब्लुटुथ इयरफोन पाउने छन्। दुबै अफरहरू सेप्टेम्बर १ मा सुरु भएर सेप्टेम्बर १५ सम्म चल्नेछन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 