 
                             
                                            काठमाडौँ- स्मार्ट फोन उत्पादक कम्पनी शाओमीले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ। कम्पनीले चाडपर्वको सिजन उत्साहपूर्ण बनाउने उद्देश्यले चाडपर्वको अफर सार्वजनिक गरेको हो।
‘चाडपर्वको मुड, अफर टु गुड’अन्तर्गत स्मार्टफोनका विभिन्न मोडेलहरूमा २ हजार रुपैयाँसम्म छुट दिने कम्पनीले बताएको छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, मनु मनस्वीले अफर सीमित समयका लागि रहेको बताए।
‘चाडपर्वको सिजन नजिकिँदै गर्दा विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ,’ उनले भने, ‘यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्दछ। जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँच योग्य मूल्यहरूमा उपलब्ध गराएको छ।’
                            प्रकाशित: ३१ भदौ  २०८० १३:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 