व्यंग्यकार राजा राजेन्द्रको ‘सालको पात’ गीत बजारमा

हिमाल प्रेस ५ असोज २०८० ९:२१ | Friday, September 22, 2023
व्यंग्यकार राजा राजेन्द्रको ‘सालको पात’ गीत बजारमा

काठमाडौँ- व्यंग्यकार राजा राजेन्द्र पोखरेलले वैदेशिक रोजगारीको पीडा समेटेर मार्मिक गीत ‘सालको पात’ ल्याएका छन्।

यो गीतमा विदेशमा रोजगारीको शिलशिलामा गएका व्यक्ति जेल पर्दा त्यसको परिवारमा पर्ने पीडालाई चित्रण गरिएको छ। यो गीतमा श्रमदीप चौलागाईँको शब्द तथा संगीत छ । गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ।

गीतको भिडियोमा वैदेशिक रोजगारिको शिलशिलामा विदेश गएका एक व्यक्ति विदेशको जेलमा पर्दा त्यसको परिवारले उसलाई नेपाल ल्याउन गर्ने विभिन्न संघर्षको कथा बुनिएको छ।

भिडियोमा शिल्पा पोखरेल, सुरवीर पण्डित, युवराज गौतम, एलेक्स खड्का आदि कलाकारले अभिनय गरेका छन् ।

दिन्सन शाहको सम्पादन रहेको भिडियोको छायांकन तथा निर्देशन ज्ञानेन्द्र एस हुमागाईँले गरेका हुन्।

 

प्रकाशित: ५ असोज २०८० ९:२१ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast