काठमाडौँ- लोकप्रिय गायिका विष्णु माझीको स्वरमा ‘बलमा’ बोलको तीज गीत सार्वजनिक भएको छ। गीत सपना म्युजिक इन्ड्रस्टिज नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतलाई पुतलीको भट्टी–१९ भनिएको छ। सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीत अनिश अविरलले संगीत संयोजन गरेका छन्।
महिला हिंसाको घटनालाई गीतको भिडियोमा देखाइएको छ। घरेलु हिंसा सहेर, पीडा लुकाएर महिलाहरु कसरी खुसी देखिन्छन् भन्ने तितो यथार्थ भिडियोमार्फत देखाउन खोजिएको छ। गीतको भिडियोमा मोडल बिनु सुवेदीले अभिनय गरेकी छन्।
सुन्दरमणिले नै निर्देशन गरेको भिडियो शम्भु चालिसेको छायांकन र निशान घिमिरेको सम्पादनमा बनेको छ।
प्रकाशित: २१ भदौ २०८० १२:५७
प्रतिक्रिया




