विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

हिमाल प्रेस १२ असोज २०८० १२:३० | Friday, September 29, 2023
विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु प्रतीकात्मक तस्बिर।

नवलपरासी- पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युत्‌को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो।

आज बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए।

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो। उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोष्णा गरेको थियो।

यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ।

प्रकाशित: १२ असोज २०८० १२:३० | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast