काठमाडौँ- वित्तीय साक्षरताका लागि सांग्रिला विकास बैंकले प्रभातफेरी कार्यक्रम गरेको छ। बैंकले भैरहवामा प्रभातफेरीसहित वित्तीय साक्षरता कार्यक्रम गरेको हो।
बैंकले गत शुक्रबार भैरहवा क्षेत्रको बुद्वचोक हुँदै देवकोटाचोक, बंैक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुनबुद्व चोकमा पुगेर प्रभातफेरीसहित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरू, क्लष्टर प्रमुखहरू र देशभरका सम्पूर्ण शाखा प्रमुखहरूको उपस्थिति थियो।
प्रकाशित: २५ भदौ २०८० २०:५७ | Monday, September 11, 2023
प्रतिक्रिया



