लोकतन्त्रको दियो निभ्न र झुक्न दिँदैनौँ : ओली

हिमाल प्रेस ४ असोज २०८० ७:४५ | Thursday, September 21, 2023
लोकतन्त्रको दियो निभ्न र झुक्न दिँदैनौँ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न नदिने बताएका छन्।

साँझ सात बजे अध्यक्ष ओलीले रिमोट थिचेर दिपावली र पुष्प वर्षा गर्नुका साथै जंगी निशानको गीत घन्काउँदै यस्तो बताएका हुन्।

नेकपा एमालेले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहान वाकाथन गरेकै स्थान नक्साल नारायण चौरमा बुधबार साँझ दिपावली तथा संविधान साँझ आयोजना गरेको छ। ‘रातो र चन्द्र सूर्य’ गीतमा एमाले पंक्तिले संविधान साँझ मनाएका छन्।

सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले संविधानको सफल कार्यान्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपाली बनाइ छाड्ने संकल्प जनस्तरबाटै गर्नुपरेको बताए।

प्रकाशित: ४ असोज २०८० ७:४५ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast