लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

हिमाल प्रेस २७ भदौ २०८० ११:१५ | Wednesday, September 13, 2023
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य फाइल तस्बिर

लुम्बिनी- लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ।

प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा १८३ (२) बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरेको प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: २७ भदौ २०८० ११:१५ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast