ललिता निवास प्रकरण : तीन करोड ४१ लाख धरौटी लिएर १७ जना थुनामुक्त

हिमाल प्रेस २४ भदौ २०८० १८:२३ | Sunday, September 10, 2023
ललिता निवास प्रकरण :  तीन करोड ४१ लाख धरौटी लिएर १७ जना थुनामुक्त

काठमाडौँ– जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १७ व्यक्तिहरूलाई तीन करोड ४१ लाख रुपैयाँ धरौटीमा थुनामक्त गर्न आदेश दिएको छ। सबैभन्दा बढी व्यवसायी मीनबहादुर गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश दिइएको छ।

धरौटी रकम भने सबैको फरकफरक छ। आरोपित शिवजी भट्टसँग तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग सात लाख ५० हजार, कलाधर देउजासँग १५ लाख माग गरिएको छ।

यसैगरी घमनकुमार कार्कीसँग सात लाख ५० हजार, गोपाल कार्कीसँग सात लाख ५० हजार, विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग सात लाख ५० हजार, नारायणराज मिश्रसँग सात लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग सात लाख ५० हजार धरौटी माग गरेको हो।

ध्रुवप्रसाद अर्यालसँग तीन लाख ३० हजार, बाबुराजा महर्जनसँग एक लाख १० हजार, देवनारायण महर्जनसँग एक लाख १० हजार, सकलानन्द महर्जनसँग एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग एक लाख १० हजार र लोकरी घिमिरेसँग एक लाख ५० हजार माग गरिएको छ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार उक्त धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो। अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा ३१० जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो। त्यसको मुख्य योजनाकारमा रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङलाई असार १२ गते पक्राउ गरेको थियो।

प्रकाशित: २४ भदौ २०८० १८:२३ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast