फाइल तस्बिर। हिमाल प्रेस
                                            काठमाडौँ- कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगको संक्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार ७ सय ७९ पशु संक्रमित भएको जानकारी दिएका छन्। प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा सांसदहरूले सोधेको प्रश्नको जबाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे।
हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार ५ सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले जानकारी दिए। रोगको संक्रमणबाट हालसम्म ५२ हजार ५ सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण गर्ने सरकारको नीति भएको बताएका छन्। यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ७७ वटै जिल्लामा सञ्चाललित भएको उनको भनाइ छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

