 
                             
                                            काठमाडौँ- लगानी बोर्ड नेपाल स्थापनाको १२ वर्ष पुगेको छ। १२ वर्षको अवधिमा बोर्डले ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ गरी ४२ परियोजना स्वीकृत गरेको छ। यी परियोजनाको १२ खर्ब ५० अर्ब रुपैयाँ लगानी स्वीकृत भएको लगानी बोर्डले जनाएको छ।
यो अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको छ। त्यस्तै ६ हजार र ३ हजार टन प्रतिदिन उत्पादन क्षमता भएका होङ्सी शिवम् मिसेन्ट र हुवासिन सिमेन्ट परियोजना व्यावसायिकरूपमा सञ्चालनमा आएका छन्।
९०० मेगावाटको अरुण–३ जलविद्युत् परियोजना, २१६ मेगावाटको माथिल्लो त्रिशूलीलगायतका परियोजना कार्यान्वयनको चरणमा रहेको बोर्डले जनाएको छ। ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना विकास सम्झौता भइ वित्तीय व्यवस्थापनको क्रममा रहेको छ।
१२ वर्षको अवधिमा लगानी बोर्डले सार्वजनिक–निजी–साझेदारी (पीपीपी) को विशिष्टिकृत संस्थाको रूपमा काम गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सशील भट्टले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 