रास्वपाले संगठन निर्माण गर्न नेतालाई जिल्ला पठायो

हिमाल प्रेस २ असोज २०८० १७:३१ | Tuesday, September 19, 2023
रास्वपाले संगठन निर्माण गर्न नेतालाई जिल्ला पठायो रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन निर्माण र पार्टीको लागि सुझाव संकलनका लागि नेताहरूलाई जिल्ला जिल्लामा खटाएको छ। पार्टीका महामन्त्री मुकुल ढकालका अनुसार १९ जना केन्द्रीय नेतालाई तीन दिन तोकिएको जिल्लामा बसेर सुझाव, गुनासो र संगठन निर्माणको खाका तयार पार्न निर्देशन दिइएको छ।

पार्टीको केन्द्रीय नीतिअनुसार पार्टी सभापति रोल्पा जाँदैछन्। पार्टीका उपसभापति पर्सा, महामन्त्री ढकाल कालिकोट, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बैतडीका लागि तोकिएका छन्।

त्यस्तै सांसद सुमना श्रेष्ठ कैलाली, शिशिर खनाल रसुवा, गणेश पराजुली ओखलढुंगा, मनिष झा पर्वतका लागि खटिएका छन्।

पार्टीका प्रमुख सचेतक सन्तोष परियार कपिलवस्तु, केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, विपीन आचार्य संखुवासभा, हरि ढकाल सोलुखुम्बु, डा.तोसिमा कार्की डोटीका लागि खटिएका छन्। त्यस्तै कमल सुवेदी रौतहट, पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कन्चनपुर, डा.स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ, शंकर श्रेष्ठलाई इलामका लागि खटाइएको छ।

संविभान दिवसको सन्दर्भमा रास्वपाले जिल्ला जिल्लामा पुगेर जनताको राय लिन लागिएको बताएको छ। पार्टीको दस्तावेजको लागि पनि यो अभियान सुरु गरिएको महामन्त्री ढकालले बताएका छन्।

प्रकाशित: २ असोज २०८० १७:३१ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast