रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

हिमाल प्रेस ९ असोज २०८० १३:५१ | Tuesday, September 26, 2023
रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी र जिल्लामा खटिएका नेताहरूले पेस गरेको रिपोर्टको समीक्षा गर्न बैठक बोलाएको छ। बुधबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय बालाजुमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका हुन्।

कानुन र संविधानको उपहास हुने गरी गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिहरूले समेत आममाफी पाएकोमा रास्वपाको गम्भीर ध्यानाकर्षण भएको उनले बताए। ‘संविधान दिवसको अवसरमा राष्ट्रपतिले दिएको आममाफी र ऐतिहासिक दस्ताबेज लेखनका लागि जनताको आवाज सुन्न जिल्ला जिल्ला पुगेका नेताहरूले पेस गरेको रिपोर्टको सम्बन्धमा समीक्षा हुन्छ’, उनले भने।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले असोज २ गते ६७० जनालाई बाँकी सजाय मिनाहा गरेका थिए। गम्भीर फौजदारी अभियोग लागेका अभियुक्तलाई समेत आममाफी दिएको चौतर्फी आलोचना भएको थियो। यस्तै संविधान दिवसको अवसर पारेर रास्वपाले दस्ताबेज लेखनका लागि जनताको सुझाव लिन सभापति रवि लामिछानेसहित १९ जना नेताहरू जिल्लामा कटिएका थिए।

प्रकाशित: ९ असोज २०८० १३:५१ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast