राष्ट्रिय महिला भलिबलमा न्यू डाइमण्डको राम्रो सुरुवात

हिमाल प्रेस ३० भदौ २०८० १९:३८ | Saturday, September 16, 2023
राष्ट्रिय महिला भलिबलमा न्यू डाइमण्डको राम्रो सुरुवात

पोखरा- न्यू डाइमण्ड युथ स्पोर्टर्स क्लबले लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत २ खेलमा जित दर्ता गरेको छ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) आयोजनामा सुरु लामाचौर तीज महोत्सवअन्तर्गत शनिबार महिलातर्फको खेलमा डायमन्डले पहिलो खेलमा बुटवलको एभेरेष्ट भलिबल क्लबलाई ३–० सेटमा हराएको हो। उसले २५—११, २५—१५,२५—१६ को सेटमा पराजित गरेको हो।

अर्को खेलमा ३–२ सेटमा सशस्त्र प्रहरी बल (एपीएफ)को टिमलाई हराएको हो। पहिलो २ सेट आफ्नो पोल्टामा पारेको डायमण्डले अर्का २ सेट गुमाएको थियो। पाँचौ तथा अन्तिम सेट कमब्याक गर्दै जित आफ्नो पक्षमा पारेको हो।

जसमा २५–२०, २५–१८, १८–२५, २२–२५ र १५–५ सेट निस्केको थियो। पुरुषतर्फ नेपाल पुलिस क्लबले अर्को विभागीय एपीएफलाई ३—२ को सेटमा पराजित गर्‍यो। पुलिसले एपीएफमाथि २३—२५, २५–२२, २५–२०, २३–२५ र १५–१३ को सेटमा जित दर्ता गरेको हो।

पुरुषतर्फ नै अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबलले बागलुङको गलकोट स्पोर्ट्स क्लबमाथि सोझो सेट २५—२३, २९—२७ र २५—२० सेटमा पराजित गर्‍यो। अर्को खेलमा नेपाल पुलिसले एभेरेष्टमाथि सोझो सेट २५—१८, २५—१८ र २५—२० को सेटमा पराजित गरेको छ।

प्रतियोगिता राउन्ड रोविन लिग आधारमा खेलाइएको रेफ्री टहलसिंह थापाले बताए। शुक्रबारदेखि सुरु भलिबल प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएको प्रचार संयोजक दिनेश भण्डारीले बताए।

महिला र पुरुषतर्फ उपाधि विजेतालाई जनही १ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेतालाई जनही १ लाख र तेस्रोलाई जनही ५० हजार रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रकाशित: ३० भदौ २०८० १९:३८ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast