रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’

हिमाल प्रेस ५ असोज २०८० १०:२१ | Friday, September 22, 2023
रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’

काठमाडौँ- पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उनका भाइ छविलाल भट्टले जानकारी दिए।

गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिएका उनले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिएका हुन्।

विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उनको सम्पति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए। उनका दुई छोरा छन्। श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो। उनको आजै पशुपति आर्यघाट अन्त्येष्टी गरिने छ।

प्रकाशित: ५ असोज २०८० १०:२१ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast