यो सरकारलाई टिपेर मिल्काउनुपर्छ : केपी ओली

हिमाल प्रेस ७ असोज २०८० १७:३८ | Sunday, September 24, 2023
यो सरकारलाई टिपेर मिल्काउनुपर्छ : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन्। आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको बताए।

‘अनि अहिलेको यो सरकार बसिरहनु हुन्छ, तपाईँहरू भन्नुस् त ? यस्तो सरकार राख्न हुन्छ ? तपाई हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो’, ओलीले भने ‘यति नालायक सरकार। जनता हेर्दैन, सुनतिर हेर्छ यो सरकार।’

उनले सरकारले नै भ्रष्टाचार, कुशासन र हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाए। ‘ब्रेक सु ल्याउँछ–सुन, सिगरेट ल्याउँछ–सुन, पानी तान्ने मेसिन भन्छ–सुन। स्याउ ल्याउँछ–सुन’, उनले भने, ‘सरकारले भ्रष्टाचार बढाएको छ, तस्करी र हिंसा मच्चाएको छ। मलंगवामा निषेधाज्ञा छ। हिंसा भड्काउने प्रयास भइरहेको छ तर सरकार हेरेर बसेको छ’, अध्यक्ष ओलीको भनाइ छ।

प्रकाशित: ७ असोज २०८० १७:३८ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast