युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र दिँदै अमेरिका

हिमाल प्रेस ६ असोज २०८० १८:४४ | Saturday, September 23, 2023
युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र दिँदै अमेरिका फाइल तस्बिर

वासिङ्टन- अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र दिने भएको छ। राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र चाँडै उपलब्ध गराउने योजना सार्वजनिक गरेका हुन्।

युक्रेनी राष्ट्रपतिसँग वासिङ्टनमा भएको भेटमा बाइडेनले किएभलाई रुसका भित्रीभागसम्म प्रहार गर्ने क्षमताका हतियार दिने निष्कर्षमा पुगेको बताए। हतियार सहायतासम्बन्धी विषयमा जानकार एक जना अधिकारीले उक्त छलफल भएको बताएका छन्।

युक्रेनले अब तीन सय किलोमिटर टाढासम्म प्रहार गर्ने क्षमताका एटीएसीएमएस क्षेप्यास्त्र प्राप्त गर्ने ती अधिकारीले बताए। यसैबीच, युक्रेनले शुक्रबार प्रहार गरेको क्षेप्यास्त्रले रुसको ब्ल्याक सी फ्लिटको मुख्यालयमा क्षति गरेको छ।

एक युक्रेनी सैन्य स्रोतका अनुसार सेभास्टोपोल बन्दरगाहमा बेलायत र फ्रान्सले प्रदान गरेका स्टोर्म स्याडो क्षेप्यास्त्र आक्रमण गरिएको हो। यी क्षेप्यास्त्र बढीमा एक सय दुई किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका हुन्। रासस/एपी

प्रकाशित: ६ असोज २०८० १८:४४ | Saturday, September 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast