मोरङमा नबिल बैंकको २६६औँ शाखा

हिमाल प्रेस १२ असोज २०८० १६:३६ | Friday, September 29, 2023
मोरङमा नबिल बैंकको २६६औँ शाखा

मोरङ- नबिल बैंक लिमिटेडले मोरङको सुन्दरहरैँचा नगरपालिका गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा २६६औँ शाखा सुरू गरेको छ।

बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा खोलिएको नबिल बैंकले जनाएको छ। गोठगाउँ शाखाको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्तरूपमा गरेका हुन्।

प्रमुख कार्यकारी अधिकृत ढुंगानाले त्यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न नबिल बैंक तत्पर भएर लाग्ने बताए। नबिल बैंकले २६६ शाखाका साथै १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेका छौँ।

प्रकाशित: १२ असोज २०८० १६:३६ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast