काठमाडौँ- चौधरी ग्रूपअन्तर्गत मिनभवनमा एलजीको शोरुम पुनः सुरु गरिएको छ। शोरुमको अपग्रेडपछि पुनः सुरु गरिएको हो।
नयाँ र आधुनिक डिजाइनमा खोलिएको उक्त शोरुममा एलजी ब्राण्डका घरायसी विद्युतीय सामाग्री पाउने कम्पनीले जानकारी दिएको छ।
शोरुममा एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजिरे६र, डिशवासर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याक्कुम क्लिनरलगायत सामग्री पाउने कम्पनीको भनाइ छ।
राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा रहेको उक्त शोरुम नेपालमा एलजी ब्राण्डको पहिलो शोरुम हो। उक्त शोरुम २००५ मा स्थापना भएको हो।
प्रकाशित: ३ असोज २०८० २०:३८ | Wednesday, September 20, 2023
प्रतिक्रिया



