मापदण्ड मिचेर भीभीआईपी, भीआईपीलाई दिइएको सुरक्षाकर्मी १५ दिनभित्र फिर्ता गर्न निर्देशन

हिमाल प्रेस ४ असोज २०८० १३:५० | Thursday, September 21, 2023
मापदण्ड मिचेर भीभीआईपी, भीआईपीलाई दिइएको सुरक्षाकर्मी १५ दिनभित्र फिर्ता गर्न निर्देशन नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा।

काठमाडौँ- उच्चपदस्थलाई मापदण्डविपरीत दिइएको सुविधा फिर्ता गर्न संसदीय समितिले निर्देशन दिएको छ। आज बिहीबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भीभीआईपी तथा भीआईपीहरूलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो।

समितिको ले यसरी फिर्ता भएकाहरूको विवरण समितिलाई उपलब्ध गराउन पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ। सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधन प्रयोग गरेको भए फिर्ता गर्न निर्देशन जारी गरिएको छ।

‘नियमअनुसार भीभीआईपी र भीआईपीहरूलाई प्राप्त हुने सुविधाबाहेक मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्से कति छन्? मापदण्डविरीत उपलब्ध गराइएका उनीहरू १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन सरकारलाई निर्देशन दिने निर्णय गरियो’, समितिका सभापति रामहरि खतिवडाले भने, ‘त्यसको जानकारी पनि राज्य व्यवस्था समितिलाई गराउन अनुरोध गर्दछौँ।’

उनले मन्त्रीहरू लगायत सम्पूर्ण पदाधिकारीले नियमभन्दा बढी सवारी साधन प्रयोग गरेको भए तिनलाई फिर्ता गर्न निर्देशन दिएको छ। समितिले प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार सुशासन कायम राख्न सार्वजनिक बिदाका दिन कार्यमलय खोल्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। द

प्रकाशित: ४ असोज २०८० १३:५० | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast