माछापुच्छ्रे बन्यो वार्षिक साधारणसभा घोषणा गर्ने पहिलो बैंक

हिमाल प्रेस २६ भदौ २०८० २१:४२ | Tuesday, September 12, 2023
माछापुच्छ्रे बन्यो वार्षिक साधारणसभा घोषणा गर्ने पहिलो बैंक

काठमाडौँ– माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। माछापुच्छ्रे बैंक चालू आव २०७९/८० मा साधारणसभा घोषणा गर्ने पहिलो बैंक बनेको हो।

बैंकले शेयरधनीहरूलाई गत आवको मुनाफाबाट १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६ सय ९२ रुपैयाँ (चुक्ता पुँजीको १३.३० प्रतिशत) बोनस सेयर दिने निर्णय पनि गरेको छ।

त्यस्तै चुक्ता पुँजीको ०.७० प्रतिशत अर्थात ७ करोड १८ लाख ८९ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि गरेर जम्मा करसहित १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको छ।

त्यसका लागि नेपाल राष्ट्र बैंकले स्वीकृत पनि दिइसकेको बैंकले जानकारी दिएको छ। उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो। बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित: २६ भदौ २०८० २१:४२ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast