महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

हिमाल प्रेस ३ असोज २०८० १६:३६ | Wednesday, September 20, 2023
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

काठमाडौँ- महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाका सेवामा छुट पाउने भएका छन्। त्यसका लागि बैंकले उक्त संस्थाहरूसँग सम्झौता गरेको हो। बैंकले स्वास्थ्य क्षेत्र र होटल तथा रेष्टुरेन्टसँग सम्बन्धित संस्थासँग सम्झौता गरेको हो।

सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ग्राहकले ती संस्थाहरूमा छुट पाउने छन्। बैंकका अनुसार काठमाडौँको कोटेश्वरस्थित सूर्या जनसेवा हेल्थ केयरका सेवमा ७ देखि १५ प्रतिशतसम्म छुट पाइनेछ।

त्यस्तै गैडहवाको सूर्यापुर पोलिक्लिनिकमा ५ देखि १० प्रतिशत छुट पाइनेछ। त्यस्तै न्युरोडस्थित इन्डियन रिभोलुसन रेस्टुरेन्टमा १० प्रतिशत तथा सुनसरीको युनिसेक्स स्यालुनमा १० प्रतिशत छुट पाइनेछ। ग्राहकलाई दिइएको सुविधाले डिजटल बैंकिङमा समेत मद्दत पुग्ने अपेक्षा बैंकले गरेको छ।

प्रकाशित: ३ असोज २०८० १६:३६ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast