मंगलदीप पूजा अगरबत्तीको ब्रान्ड एम्बेस्डरमा वर्षा सिवाकोटी

हिमाल प्रेस ११ असोज २०८० १३:३६ | Thursday, September 28, 2023
मंगलदीप पूजा अगरबत्तीको ब्रान्ड एम्बेस्डरमा वर्षा सिवाकोटी

काठमाडौँ- सूर्य नेपाल प्रालिको उत्पादन मंगलदीप पूजा अगरबत्तीको ब्रान्ड एम्बेस्डरमा वर्षा सिवाकोटी नियुक्त भएकी छन्।

मंगलदीप पूजा अगरबत्ती ग्राहकको आवश्यकतालाई आत्मसाथ गरि विभिन्न सुगन्ध, प्याक तथा साइजमा उपलब्ध छ। यी उत्पादनलाई सशक्तरूपमा ग्राहकमाझ पुर्‍याउन तथा आफ्नो उत्पादनको प्रवद्र्धन गर्न वर्षा सिवाकोटीसँगको सहकार्यले थप सफलता प्राप्त हुने कम्पनीले जनाएको छ।

सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजना गर्ने अभिप्रायले मंगलदीप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ।

सिवाकोटीले आफू पूजा तथा अध्यात्ममा विश्वास राख्ने भएको हुनाले मंगलदीपजस्तो ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन्।

मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेंडर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्रीलगायत उत्पादन बजारमा उपलब्ध छन्।

प्रकाशित: ११ असोज २०८० १३:३६ | Thursday, September 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast