भोला भट्टराईको नेतृत्वमा ‘नेपान’को नयाँ कार्यसमिति गठन

हिमाल प्रेस २५ भदौ २०८० ९:२६ | Monday, September 11, 2023
भोला भट्टराईको नेतृत्वमा ‘नेपान’को नयाँ कार्यसमिति गठन

काठमाडौँ- नेपाल सहभागितामूलक कार्य समूह (नेपान)को २९औँ वार्षिक साधारणसभाले वातावरण, मानवअधिकार तथा पैरवी अभियानमा संलग्न अधिकारकर्मी भोला भट्टराईको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ।

नवगठित कार्यसमितिमा कोषाध्यक्ष रुपा बस्नेत, डा अनोज क्षेत्री (निवर्तमान अध्यक्ष) सदस्य, डा रोजी जोशी, डा जानुका न्यौपाने, डा नरेन्द्रसिं ठगुन्ना, श्रीराम केसी, विजया खनाल, श्रीजना देव, रामहरी अधिकारी र गिरी पन्थी चयन भएका छन्।

साधारणसभाले विकास प्रकृयामा समावेशीकरण, सामाजिक न्याय, जवाफदेहिता अभिवृद्धि, नागरिक आवाजमार्फत शासकीय प्रक्रियामा सुधार गर्ने उद्देश्यसहित सन् २०२३ देखि २०२७ सम्मको रणनीति पारित गरेको छ।

साधारणसभाका क्रममा आयोजना गरिएको शिक्षा क्षेत्रको रूपान्तरणका विषयमा नीतिगत बहसमा डा विष्णुराज उप्रेती, सह–प्रध्यापक डा प्रकाशचन्द्र भट्टराई, डा मीनाक्षी दाहाललगायतले आ-आफ्नो धारणा राखेका थिए।

सो अवसरमा प्रसिद्ध कणेल स्मृति विकास लेखन पुरस्कार डा अरुणा उप्रेतीलाई र भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार लक्ष्मी कुँवरलाई प्रदान गरियो । ‘सहभागिता’ विकास पत्रिकाको ५७औँ अंक र ‘पार्टिसिपेसन’ अंग्रेजी जर्नलको २३औँ अंकको पनि लोकार्पणसमेत गरिएको थियो।

प्रकाशित: २५ भदौ २०८० ९:२६ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast