 
                             
                                            काठमाडौँ- नेपालस्थित भारतीय दूतावासले सुदूरपश्चिममा शैक्षिक परियोजना सार्वजनिक गरेको छ। राजदूत नवीन श्रीवास्ताले गत आइतबार र सोमबार कैलाली र कञ्चनपुरमा ३ शैक्षिक परियोजनाको उद्घाटन गरेका हुन्।
भारत सरकारको ९ करोड ८ लाख रुपैयाँ सहयोग लागतमा निर्माण गरिएका एउटा क्याम्पसको भवन र दुइटा विद्यालय भवन गरी ३ वटा सामुदायिक विकास परियोजना उद्घाटन गरिएका दूतावासले जानकारी दिएको छ।
कैलालीमा रहेको टिकापुर बहुमुखी क्याम्पस, कञ्चनपुरको बेलौरीमा रहेको पशुपति शिक्षा मन्दिर र भिमदत्त नगरपालिकामा रहेको सिद्धनाथ माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको हो।
तीनै शैक्षिक संस्थाको लागत क्रमशः ३ करोड ५२ लाख, २ करोड ६४ लाख रुपैयाँ र २ करोड ९२ लाख रुपैयाँ रहेको छ।
                            प्रकाशित: ३ असोज  २०८० १८:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![भण्डारखाल बगैँचामा यसरी मनाइयो भारतको ७९औँ स्वतन्त्र दिवस [तस्बिरसहित]](https://himalpress.com/wp-content/uploads/2025/08/1-17.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 