भारतमा टिपर दुर्घटना हुँदा २ नेपालीको मृत्यु

हिमाल प्रेस २५ भदौ २०८० २१:४० | Monday, September 11, 2023
भारतमा टिपर दुर्घटना हुँदा २ नेपालीको मृत्यु

रुकुम- भारतको हिमाञ्चल प्रदेशमा टिपर दुर्घटनामा परी २ नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो।

दुर्घटनामा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा घाइते भएका स्थानीय दलजित विकले जानकारी दिए। घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन्।

कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ। उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए। उनीहरू गत वर्ष मङ्सिरमा रोजगारीका लागि भारतको हिमाञ्चल गएका थिए। रासस

प्रकाशित: २५ भदौ २०८० २१:४० | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast