बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ

हिमाल प्रेस २ असोज २०८० १२:१८ | Tuesday, September 19, 2023
बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- कपिलवस्तुमा बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वाणगंगा नगरपालिका ८ पुलचोक बस्ने २६ वर्षीय विकास परियार रहेका छन्।

६० वर्षीय बुबा बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई सोमवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घरायसी विवादका क्रममा विकासले चिर्पट प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको हो।

थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

प्रकाशित: २ असोज २०८० १२:१८ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast