बीवाईडी डल्फिन सार्वजनिक

हिमाल प्रेस २६ भदौ २०८० १२:४६ | Tuesday, September 12, 2023
बीवाईडी डल्फिन सार्वजनिक

काठमाडौँ- नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘फ्युचरिस्टिक बीवाईडी डल्फिन’ सार्वजनिक गरेको छ।

यसको सुरुवाती मूल्य ३९ लाख ८० हजार तोकेको कम्पनीले जनाएको छ। यो ह्याचब्याक बीवाईडी ओसियन सिरिजको पहिलो गाडीको हो। यो गाडी सेता, बैजनी, गुलाबी र खैरो गरी चार रंगमा उपलब्ध छ।

यसमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। जसले ७ किलोवाट चार्जर समर्थन गर्छ। गाडीलाई एकपटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ।

यो सेल–टू–प्याक प्रविधिमा आधारित छ। अर्थात् यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ। यसमा २७०० एमएम ह्विलबेस दिइएको छ।

डल्फिनमा ६ एयरब्याग, फर्वार्ड कोलिजन वार्निङ, एडप्टिभ क्रुज कन्ट्रोल, अटो इमर्जेन्सी ब्रेक, लेन डिपार्चर वार्निङजस्ता विशेषता छन्।

 

 

प्रकाशित: २६ भदौ २०८० १२:४६ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast