 
                             
                                            काठमाडौँ– काठमाडौँ महानगरपालिकाले बिदाका दिन (भदौ १५ गते) पठनपाठन गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ। महानगरपालिकाले शुक्रबार गाईजात्रा र रोपाइँजात्राको बिदा दिएको थियो।
तर महानगरपालिकाभित्रका केही विद्यालयले बिदा उल्लंघन गरी पठनपाठन गरेपछि महानगरपालिकाको शिक्षा विभागले यस्तो चेतावनी दिएको हो।
महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले महागरभित्रका सबै विद्यालयलाई सम्बोधन गरेर जारी गरेको सूचनामा उल्लेख छ, ‘स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सवैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानुनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।’
                            प्रकाशित: १६ भदौ  २०८० ६:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 