अखाद्य वस्तु बेच्ने टिपटप मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना

हिमाल प्रेस १ असोज २०८० १६:५४ | Monday, September 18, 2023
अखाद्य वस्तु बेच्ने टिपटप मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए। महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दुग्धजन्य वस्तुको तापक्रम कायम राख्न निर्देशनसमेत दिएको छ। रासस

प्रकाशित: १ असोज २०८० १६:५४ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast