काठमाडौँ- अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–२, चुत्रावेशी बस्ने २१ वर्षीय रामबहादुर पुन रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पुनले ती बालिकालाई आइतबार साँझ बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ।
प्रकाशित: ९ असोज २०८० १४:१३ | Tuesday, September 26, 2023
प्रतिक्रिया





