बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर हाम्रो घर हाम्रो शान’

हिमाल प्रेस २५ भदौ २०८० १९:३८ | Monday, September 11, 2023
बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर हाम्रो घर हाम्रो शान’

काठमाडौँ- बर्जर जेन्सन एन्ड निकोल्सन प्रालिले ‘बर्जर हाम्रो घर हाम्रो शान’ अफर ल्याएको छ। कम्पनीले दसैँ तथा तिहाररलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो। दसैँ र तिहारको उल्लासमय पर्वहरूमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना ल्याइएको कम्पनीले बताएको छ।

उक्त योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको कम्पनीको भनाइ छ। योजनाअन्तर्गत लक्की ड्रमार्फत एकजनाले ५ लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार पाउने कम्पनीले बताएको छ। थप ३ जनाले जनही १ लाख रुपैयाँ तथा १० जनाले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।

योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवा दिने पनि कम्पनीले बताएको छ। आयोजनाको डिजिटल प्रतियोगितामा भाग लिएर एकसय जना उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्विर सेयर गरेर जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको मौका पाउने कम्पनीको भनाइ छ।

उक्त योजना बर्जर सिल्कब्रीदइजी, सिल्कग्ल्यामर, सिल्कलक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अलगार्ड फ्लेक्सो र वेदरकोट अलगार्डलगायत उत्पादनमा लागू हुने कम्पनीको भनाइ छ।

प्रकाशित: २५ भदौ २०८० १९:३८ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast