बजेट अभावले विकासका काममा कठिनाइ : मधेश पर्यटनमन्त्री यादव

हिमाल प्रेस १० असोज २०८० ९:२० | Wednesday, September 27, 2023
बजेट अभावले विकासका काममा कठिनाइ : मधेश पर्यटनमन्त्री यादव

जनकपुरधाम- मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले बजेट अभावका कारण विकासको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि काम गर्न कठिनाइ भइरहेको मन्त्री यादवले बताएकी छिन्।

पर्यटन दिवसको अवसरमा जनकपुरधाममा निकालिएको प्रभातफेरीमा बोल्दै मन्त्री यादवले पर्यटन क्षेत्रमा बजेट अभाव भएकाले सोचे अनुरूप काम गर्न नसकेको स्वीकार गरिन्। उनले पर्यटन क्षेत्रमा बजेट बढाउन आफूले प्रदेश सरकारसंग आग्रह समेत गरेको जानकारी दिइन्।

मधेशको विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रह्ने भएकाले पर्यटकीय महत्व बोकेको क्षेत्रमा पूर्वाधार विकास गर्नु आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री यादवले मधेशको पर्यटन क्षेत्रको बढावाका लागि गुरु योजना तयार गरिरहेको जानकारी दिइन्। पर्यटन क्षेत्रको विकासका लागि गुरु योजना तयार पार्ने कार्य अगाडी बढाइएको बताइन्।

उनले मधेशमा रहेको पुरातत्व विशेषता बोकेको क्षेत्र तथा धार्मिक विशेषता क्षेत्र बोकेको क्षेत्रहरु छुट्याएर गुरुयोजना तयार पार्ने कार्य भईरहेको जानकारी दिइन् । सोही गुरुयोजनाको आधारमा ती क्षेत्रहरुको विकास गरी मधेसको पर्यटन क्षेत्रलाई विकास गरिने उनले बताइन्।

जनकपुरधामस्थित रेल्वे स्टेशनबाट ४४औँ पर्यटन दिवसको अवसरमा निकालिएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गर्दै जानकी मन्दिर पुगेर समापन गरिएको थियो।

प्रभातफेरीमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

प्रकाशित: १० असोज २०८० ९:२० | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast