फुडमान्डूमा अबदेखि पाँच सयभन्दा कम मूल्यको अर्डर गर्न मिल्ने

हिमाल प्रेस १ असोज २०८० १३:५४ | Monday, September 18, 2023
फुडमान्डूमा अबदेखि पाँच सयभन्दा कम मूल्यको अर्डर गर्न मिल्ने

काठमाडौँ- फुड डेलिभरी कम्पनी फुडमान्डूमा अबदेखि पाँच सय रुपैयाँभन्दा कम मूल्यको अर्डर गर्न मिल्ने भएको छ। साथै फुडमान्डूले डेलिभरी शुल्क पनि घटाएको छ। अब ग्राहकले पाँच सय रुपैयाँभन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्तो अर्डरमा ५० रुपैयाँ शुल्क लाग्नेछ।

फुडमान्डूको नयाँ नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दूरीका लागि २५ रुपैयाँ र सोभन्दा माथिको दूरीका लागि थप २५ रुपैयाँ प्रतिकिलोमिटर तिर्नुपर्ने हुन्छ। यद्यपि एक हजारभन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दूरीमा पनि बढीमा ७५ रुपैयाँ डेलिभरी शुल्क तोकिएको छ।

फुडमाण्डूले ८ सयभन्दा बढी रेष्टुरेन्टमार्फत काठमाडौँ उपत्यका र पोखरामा सेवा दिँदै आएको छ।

प्रकाशित: १ असोज २०८० १३:५४ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast