प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सफल : प्रेस सल्लाहकार आचार्य

हिमाल प्रेस १३ असोज २०८० ८:१३ | Saturday, September 30, 2023
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सफल : प्रेस सल्लाहकार आचार्य

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण पूर्णरूपमा सफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको भ्रमण दलका सदस्य आचार्यले चीनको छन्दुमा शुक्रबार यो भ्रमणले दुई देशका बीचमा आपसी विश्वास र सद्भाव वृद्धि भएको बताए।

यस भ्रमणका क्रममा जारी भएको संयुक्त प्रेस वक्तव्यका साथै त्यसको अघिल्लो दिन दुई देशबीच भएका विभिन्न १३ ओटा सम्झौता र समझदारी नेपालको विकासका लागि कोशेढुंगा सवित हुने उनको भनाइ थियो।

उनले भने, ‘जुन विश्वास र आपसी समझदारीका साथ यो भ्रमण सम्पन्न भएको छ, यसले दुई देश बीचको सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको छ र यस भ्रमणका क्रममा भएका सहमति र समझदारीका विषयहरू नेपालको हित र विकासमा सहयोगसिद्ध हुने कुरा आगामी दिनले नै देखाउनेछ।’

सल्लाहकार आचार्यले प्रधानमन्त्रीको भ्रमणलाई चीनका राष्ट्रपतिले महत्त्व दिएर प्राथमिकतामा राखेको आफूले पाएको बताए। प्रधानमन्त्री दाहालसँग र नेपाली प्रतिनिधिमण्डलसँग राष्ट्रपति चिनफिङले गरेको कुराकानी र वार्ताका लागि दिएको समयले पनि यो कुरालाई पुष्टि गर्ने आचार्यको भनाइ थियो।

प्रकाशित: १३ असोज २०८० ८:१३ | Saturday, September 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast