प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा चित्त दुखाउनु हुँदैन : गगन थापा

हिमाल प्रेस २७ भदौ २०८० १९:३९ | Wednesday, September 13, 2023
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा चित्त दुखाउनु हुँदैन : गगन थापा कांग्रेस महामन्त्री गगनकुमार थापा।

पोखरा- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताएका छन्।

नेपाली कांग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेस भए पनि राजनीतिक व्यवस्थापन गर्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री स्वीकार गर्दा कांग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताएका हुन्।

‘कांग्रेस सबैको हित चाहने पार्टी हो, कांग्रेस आम जनताको सुख दुःखमा साथ दिने पार्टी नै हो,’ उनले भने, ‘जनताको भरविश्वास पनि कांग्रेस पार्टीमा रहेकाले नयाँ उम्रेका पीपलपाते पार्टी क्षणिकका लागि मात्र हुन्।’

मिसन २०८४ मा पनि कांग्रेस नै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै कार्यकर्तालाई विचलित नहुन उनले आग्रह गरे। रासस

प्रकाशित: २७ भदौ २०८० १९:३९ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast