पोखरीमा डुबेर बालकको मृत्यु

हिमाल प्रेस ३ असोज २०८० ८:०४ | Wednesday, September 20, 2023
पोखरीमा डुबेर बालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- सप्तरीमा पोखरीमा डुबेर बालकको ज्यान गएको छ। सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ५ दूधगतका बिन्देश्‍वर यादवको ८ वर्षीय छोरा आशीषकुमार यादवको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर ९ मलेठमा आफन्तको घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए।

उपचारका लागि बालकलाई राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित: ३ असोज २०८० ८:०४ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast