पूर्वसभामुख नेम्वाङको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित [तस्बिरहरू]

हिमाल प्रेस २८ भदौ २०८० १६:३७ | Thursday, September 14, 2023
पूर्वसभामुख नेम्वाङको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित [तस्बिरहरू]

काठमाडौँ- प्रतिनिधिसभा बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो। शोक प्रस्ताव प्रस्तुत गर्दै सभामुख घिमिरेले नेम्वाङको निधनले मुलुकलाई क्षति पुगेको बतए। बैठकमा नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।

नेम्वाङ नेकपा (एमाले) का तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रूपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य थिए।

नेम्वाङ २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधानसभा अध्यक्ष थिए। यसैगरी २०५६ मा प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखासमिति सभापति भएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार १ बजे बोलाइएको छ।

प्रकाशित: २८ भदौ २०८० १६:३७ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast