पार्टीको बैठक फेसबुकमा लाइभ गर्नु राम्रो होइन : चन्द्र भण्डारी

हिमाल प्रेस ८ असोज २०८० १५:५१ | Monday, September 25, 2023
पार्टीको बैठक फेसबुकमा लाइभ गर्नु राम्रो होइन : चन्द्र भण्डारी

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन्। सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो बताएका हुन्।

‘मलाई कार्यसमितिको बैठक लाइभ दिनु राम्रो लागेन। यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा होइन। यो बैठक त रावणको नाभीमा भएको अमृतजस्तै हो’, उनले बैठकमा भने।

भण्डारीले युवा स्वदेशमा नबसे देशलाई ठूलो असर पर्ने बताए। एमाले उपाध्यक्ष सुवास नेम्बाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको बताउँदै उनले यस्तै घटनाले देशलाई राम्रो नगर्ने उल्लेख गरे।

अहिले देशको हरेक कुराको नेतृत्व कांग्रेसमा घुमेको बताउँदै भण्डारीले देशका समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। कांग्रेसले लगातार दोस्रोपटक अहिले केन्द्रीय समिति बैठक फेसबुकमार्फत लाइभ गरिरहेको छ। यसबारे केही नेताले राम्रो पनि भनेका छन् भने केहीले आपत्ति पनि जनाएका छन्।

प्रकाशित: ८ असोज २०८० १५:५१ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast