एसिया कप

पाकिस्तानमाथि रोचक जित निकाल्दै श्रीलंका फाइनलमा

हिमाल प्रेस २९ भदौ २०८० ८:४८ | Friday, September 15, 2023
पाकिस्तानमाथि रोचक जित निकाल्दै श्रीलंका फाइनलमा

काठमाडौँ- पाकिस्तानमाथि रोचक जित निकाल्दै श्रीलंका एसिया कपको फाइनल पुगेको छ। कोलम्बोमा गएराति सम्पन्न खेलमा श्रीलंकाले पाकिस्तानमाथि २ विकेटको रोमाञ्चक जीत निकालेसँगै फाइनलमा भारतसँग भेट पक्का गरेको हो।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा जितको लागि श्रीलंकाले २५२ रनको लक्ष्य पाएको थियो। निर्धारित ४२ ओभर लक्ष्यलाई श्रीलंकाले ८ विकेट गुमाउँदै पूरै ओभरमा पूरा गर्‍यो।

जितका लागि श्रीलंकाका कुसल मेन्डिसले ९१ रन बनाए। सदिरा समराविक्रमाले ४८ रन बनाए।

श्रीलंकालाई अन्तिम २ बलमा जितको लागि ६ रन चाहिएको थियो। चरिथ असंलकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा २ रन बटुल्दै रोमाञ्चक जित दिलाए।

ओपनर पाथुम निसांका २९ र कुशल परेरा १७ रनमा आउट भएका थिए । यस्तै, सदिरा समाराविक्रमाले ४८ को योगदान दिए।

पाकिस्तानका इफ्तिखर अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनाएको थियो।

साबिकको विजेता श्रीलंकाले आइतबार भारतसॅंग उपाधिको लागि खेल्ने छ।

भारतले सुपर फोरको अन्तिम खेल शुक्रबार बंगलादेशसँग खेल्दैछ। भारत एक खेलअगावै शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो।

प्रकाशित: २९ भदौ २०८० ८:४८ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast