फाइल तस्बिर
                                            बलेवा- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ। शनिबार राति परेको अविरल वर्षाका कारण आइतबार बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ। उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको टाफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए।
कालीगण्डकी करिडोरको मालढुंगाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिए। बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास गरिरहेको बताएको छ। रासस
                            प्रकाशित: १७ भदौ  २०८० ९:१० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

