पशुपति क्षेत्रमा मदिरा बिक्रीमा रोक

हिमाल प्रेस ३१ भदौ २०८० ९:५७ | Sunday, September 17, 2023
पशुपति क्षेत्रमा मदिरा बिक्रीमा रोक पशुपतिनाथ मन्दिर

काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीजलाई लक्षित गर्दै पशुपति क्षेत्रमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ। आइतबार सूचना जारी गर्दै पशुपति क्षेत्रमा ४ किल्ला निर्धारण गरेर सोभित्र मासु, मदिरा तथा नशालु पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो।

पशुपति क्षेत्रभित्र गौशाला मित्रपार्क सडकभन्दा पूर्व, पशुपति क्षेत्रको पूर्वी सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणभित्र मासु तथा नशालु पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो।

कसैले सूचनाविपरित बिक्री वितरण गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ।

प्रकाशित: ३१ भदौ २०८० ९:५७ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast