पर्वतमा भेटियो दुर्लभ प्रजातिको सर्प ‘किङकोब्रा’

हिमाल प्रेस २८ भदौ २०८० १७:१५ | Thursday, September 14, 2023
पर्वतमा भेटियो दुर्लभ प्रजातिको सर्प ‘किङकोब्रा’

पर्वत- पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङकोब्रा) भेटिएको छ। चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार कार्य सुरु गरिएको छ।

डभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको वडा नं १० का अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए। यसअघि कुश्मा नगरपालिका–८ कटुवाचौपारी र वडा नं १२ ठूली पोखरीमा पनि राजगोमन भेटिएको थियो। रासस

प्रकाशित: २८ भदौ २०८० १७:१५ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast