‘परदेशी २’ को गीत ‘हिजो काम आज काम काम विदेशमा’

हिमाल प्रेस ३ असोज २०८० १२:१२ | Wednesday, September 20, 2023
‘परदेशी २’ को गीत ‘हिजो काम आज काम काम विदेशमा’

काठमाडौँ- फिल्म ‘परदेशी २’ को ‘हिजो काम आज काम काम विदेशमा’ बोलको गीत सार्वजनिक गरिएको छ।

गीत बुधबार म्युजिक नेपाल युट्युबमार्फत सार्वजनिक गरिएको हो। प्रशान्त तामाङको स्वरमा रहेको गीतमा शतिश चापागाईंको शब्द र बीबी अनुरागीले संगीत भरेका छन्।

गीतको भिडियोमा प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलिया, वर्षा शिवाकोटी लगायत फिल्मका कलाकारलाई देख्न सकिन्छ। असोज २६ गते प्रदर्शन हुने फिल्मका निर्देशक नारायण रायमाझी हुन्।
फिल्ममा प्रकाश, दलिप, वर्ष र रमासहित नीर शाह, केकी अधिकारी, प्रशान्त तामाङ, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगाय कलाकारको अभिनय छ।

रमेश बिजीको कथा तथा पटकथा रहेको फिल्म मन कृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफीमा बनेको छ।

नारायण इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा निर्देशक रायमाझी र राजेश बंशल (अग्रवाल)ले लगानी गरेका छन्।

 

प्रकाशित: ३ असोज २०८० १२:१२ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast